मार्टिन ब्रेथवेटले भने, ‘मेस्सीको हग पाएको जर्सी कहिल्यै धुने छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 10:59:47 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता मात्र बार्सिलोना प्रवेश गरेका मार्टिन ब्रेथवेटले डेभ्यु खेल खेलेका छन् । गएराती इबरविरुद्धको खेलमा ब्रेथवेट खेलको ७२ औँ मिनेटमा एन्टोनी ग्रीजम्यानलाई रिप्लेस गर्दै मैदान छिरे । 

बार्सिलोनाले उक्त खेल ५–० गोल अन्तरले जित्यो । लियोनेल मेस्सीले ४ गोल गरेको खेलमा एक गोल अर्थरले गरे । 

बार्सिलोनामा डेभ्यु खेल खेलेपछि ब्रेथवेटले खेलका क्रममा ‘मेसीले हग’ गरेपछि उक्त जर्सी कहिल्लै नधुने बताएका छन् । खेलपछि आफ्नो प्रतिक्रिया दिँदै उनले भने, ‘एकसाता अघिसम्म मैले बार्सिलोनाबाट खेल्ने कल्पना समेत गरेको थिइन । अहिले म बार्सिलोनाबाट खेल्दै छु । मेसीको ‘हग’ पाए, मैले अब यो जर्सी धुने छैन ।’ 

ब्रेथवेट ला लिगा कै लिगानेजबाट गत साता बार्सिलोना आएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved