यस्तो थियो म्याराडोनाको चर्चित 'ह्याण्ड अफ गड' गोल (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 10:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलका महान हस्ती तथा अर्जेन्टिनाका पुर्व फुटबलर डियागो म्याराडोनाको निधन भएको छ । उनको बुधबार मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

अचानक मुटुमा समस्या देखिएको र उनको ह्रदघातका कारण मृत्यु भएको बताईएको छ । केहि समय अघि मात्र उनको दिमागमा रगत जमेकोले उनको सफल शल्यक्रिया भएको थियो । उनी ६० वर्षका थिए ।

उनले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकपको उपाधि दिलाएका थिए । उनले सोहि प्रतियोगिता गरेको एउटा गोल 'ह्याण्ड अफ गड' को रुपले परिचित छ । इंग्ल्यान्ड बिरुद्दको खेलमा उनले हातले नै गोल गरेका थिए । रेफ्रीले नदेखीपछि उक्त गोलले मान्यता पाएको थियो । त्यस समय अहिलेको जस्तो प्रविधि थिएन।

खेल पछि म्याराडोनाले नै त्यो गोल  'ह्याण्ड अफ गड'  बाट भएको बताएपछि यो शब्द प्रचलित भएको हो ।

हेर्नुस भिडियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved