२६६ औ 'एल क्लासिको': अग्रता दोब्बर पार्ने रियलको दाउ, अंक बराबरीको खोजिमा बार्सिलोना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 23, 2017 | 04:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनका २ फुटबल प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल सर्बाधिक हेरिने प्रतियोगिता मध्ये पर्छ । एल क्लासिको भनेर समेत चिनिने यस प्रतियोगिताको २६६ औ संस्करण आज राति हुदै छ  । अर्थात् आज राति रियल म्याड्रिड र बार्सिलोना आमने सामने हुदै छन् । ला लिग अन्तर्गत हुन् लागेको यो प्रतियोगिता रियल म्याड्रिडको घरेलु मैदानमा नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुने छ 

यस अघि गत डिसेम्बर ३ मा यी दुई टोली आमने सामने भएका थिए । जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।

हालसम्म ला लिगामा यी २ टोली १७३ पटक भिडेका छन् जस मध्ये रियलले ७२, बार्सिलोनाले ६८ खेल जितेको थियो भने ४९ खेल बराबरी भएका थिए । सबै प्रतियोगितामा भने यी दुई टोली २६५ पटक भिडेका छन् । जहाँ रियलले ९७ खेलमा जित हात पार्दा बार्सिलोनाले १०९ खेल जितेको छ । ५९ खेल भने बराबरी मै सकिएका थिए ।

हाल ला लिगामा  रियल म्याड्रिड ७५ अंक सहित शिर्ष स्थानमा छ भने बार्सिलोना ७२ अंक सहित दोस्रो स्थानमा छ  । आजको खेल रियलले जिते उसले अग्रता दोब्बर बनाउने छ भने बार्सिलोनाले जिते रियलसंग अंक बराबरी गर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved