भारतलाई पराजित गर्दै पाकिस्तान बन्यो च्याम्पियन्स ट्रफीको 'बादशाह'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 10:07:30 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतलाई फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत बिरुद्द शानदार प्रदशन गर्दै पाकिस्तानले १८० रनको फराकिलो जित हासिल गरेको हो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याएको भारतले ३० ओभर ३ बलमा अल आउट हुँदै मात्र १५८ रन बनाउन सफल रह्यो। भारतका मुख्य ब्याट्सम्यान रोहित शर्मा, कप्तान बिराट कोहली र शेखर धवन सस्तोमा अल आउट भए। रोहितले खाता खोल्न सकेनन भने बिराटले मात्र ५ रन जोडे। यता खेलमा केहि सम्हालिने प्रयास गरेपनि शेखर धवनले मात्र २१ रन बनाउन सफल भए। 

भारतलाई लज्जास्पद हार बेहोर्नबाट बचाउन महत्त्वपूर्ण योगदान दिएका हार्दिक पाण्डेले ४३ बलमा ७६ रन बनाए। पाण्डे र  अजय जडेजाबीच समन्वय हुन नसक्दा पाण्डे रन आउट भए। 

पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ऐतिहासिक ३३८ रन बनाउन सफल रह्यो। पाकिस्तानका लागि फखर जमानले ११४ रन बनाए। त्यस्तै अजहर अलि ५९, मोहम्मद हफिज ५७ र बबर आजमले ४६ तथा इमाद वासिमले २५ रन जोडे। पाकिस्तानले ४ विकेटको क्षतिमा ऐतिहासिक ३३८ रन जोड्यो। 

पाकिस्तानले मिनी विश्वकपको रुपमा लिइने आइसिस च्याम्पियन्स ट्रफीको उपाधि पहिलो पटक जितेको हो। यस प्रतियोगिताको छनौट चरणमा पाकिस्तानसंग पराजित भएको थियो। तर यस प्रतियोगितामा उत्कृष्ट प्रदशन गरेर पाकिस्तानले आफ्नो पुरानो शाखलाई दोहोर्याएको छ।    

यो पनि:

च्याम्पियन्स ट्रफीको फाइनलमा भारत बिरुद्द पाकिस्तानले बनायो नयाँ इतिहास
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved