उज्वेकिस्तानलाई रोक्ने दबाबमा नेपाल, हारेको खण्डमा छनोटबाट बाहिर (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:36:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी युथ-२३ छनौट अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। आयोजक युनाइटेड अरब इमिरेट्ससँगको पहिलो खेल ५–० ले गुमाएको नेपाल उज्वेकिस्तानविरुद्धको खेल ‘गर या मर’को अवस्थामा उत्रेको छ।    

समुह डी अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने उज्वेकिस्तानले लेबनानलाई ३-१ ले पराजित गरि बलियो अवस्थामा छ।उज्वेकिस्तान दोस्रो, लेबनान तेस्रो र नेपाल सबैभन्दा अन्तिम तथा चौथो स्थानमा छ।

दबाबमा रहेको नेपालले आज डिफेन्सिभ रणनीतिलाई अपनाउने छ भने उज्वेकिस्तान भारि अन्तरको जित सहित समुहको शिर्ष स्थानमा रहने रणनीतिमा हुनेछ।    

आजको खेल पनि नेपालले युएईको अल अइनस्थित ताहनोउन बिन मोहम्मद रंगशालामा रातीको ८ बजेर १० मिनेटमै खेल्दै छ। नेपाल र उज्वेकिस्तान ४ वर्षअघि यही प्रतियोगिताको पहिलो संस्करणअन्तर्गत काठमाडौंमा आयोजना भएको समूह ‘डी’ को छनोटमा एक पल्ट भिडिसकेका छन्। जसमा उज्वेक टिमले नेपाललाई ४–२ गोलले पराजित गरेको थियो। 

नेपाल ४–५–१ कै फर्मेशनमा मैदानमा उत्रिएको छ। नेपाली टोलीको आक्रमणको जिम्मा कप्तान विमल घर्तीमगरले लिएका छन्। नेपाल आजको खेलमा पराजित भएको खण्डमा छनोटबाट बाहिरिने छ। नेपालले अन्तिम खेल लेबननसँग बुधबार खेल्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved