सस्तो भयो टेलिकमको मोबाईल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 03:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले पहिलेभन्दा कम दरमा सेवा उपलब्ध गराउने भएको छ । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको हो ।

अब १ हजार ६३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५१० रुपैयाँ बुझाउनु पर्दथ्यो । 

उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने अब ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ । 

परिमार्जित शुल्क साउन १ गतेबाटै लागू भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved