पर्यटन बोर्डले चाडपर्व लक्षित फोटो प्रतियोगिता आयोजना गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 10:58:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले चाडपर्वलाई ध्यानमा राख्दै फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समिश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ फोटो प्रतियोगिता आयोजना गरेको जनाएको हो । 

आगामी मंसिर १० गतेभित्र प्रतियोगितामा सहभागी हुनेले नेपालको जुनसुकै चाडपर्व, गतिविधि वा  सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सक्नेछन् । पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । 

फोटो प्रतियोगितामा सहभागी मध्येमा उत्कृष्ट पाँच सहभागीहरुलाई जनही दश हजार नगद पुरस्कार दिईने बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय दवाडीले जनाकारी दिए । विगतमा बोर्डले आयोजना गर्ने फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा आयोजना गरिएको उनी बताउँछन् । 

प्रतियोगितामा सहभागी हुन प्रत्येक सहभागीले कम्तिमा सातवटा भिन्नाभिन्नै फोटोहरु पठाउनु पर्नेछ । यसले नेपाली चाडपर्वको विराशतलाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले विगत चार वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्दे आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved