नयाँ मन्त्रीहरुको सपथको लागि राष्ट्रपति कार्यालय तयारी अवस्थामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 02:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ मन्त्रीहरुको सपथ ग्रहणको लागि राष्ट्रपति कार्यालय शितल निवास तयारी अवस्थामा रहेको छ । प्रधानमन्त्री केपी शर्माले आज बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । उनले केहिलाई हटाउने, केहिको मन्त्रालय हेरफेर गर्ने र केहि नयाँ अनुहारलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेका छन् ।

नयाँ मन्त्रीहरुको सपथ ग्रहणको जानकारी औपचारिक रुपमा नआएको भएपनि राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ । बेलुका ११ बजे भए पनि राष्ट्रपति कार्यालय सपथको कार्यक्रमको लागि तयार रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता एवम् उप-सचिव केशवप्रसाद घिमिरेले बताएका छन्  । उनका अनुसार जुनसुकै मेला सपथग्रहणको कार्यक्रम गर्न कार्यालय तयार छ  ।

मन्त्रिपरिषद हेरफेरबारे नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले बिहान वान टु वान छलफल गरेका थिए भने त्यसपछि राष्ट्रपतिसंग शितल निवासमा पुगेर परामर्श लिएका थिए  । अहिले मन्त्रिपरिषद हेरफेरको अन्तिम टुंगो लगाउन नेकपाको सचिवालय बैठक जारि छ  । बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने र उनीहरुको सपथ आज नै गर्ने तयारी छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved