ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 03:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबार पुगे । बुधबार मन्त्रीबाट हटेका उनी बिहिबार आफूले मन्त्रीमा रहँदा गरेका काम बताउन र नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका उनी फर्किदा ट्याक्सी चढेर फर्किए । 

निवर्तमान मन्त्री विष्ट सिंहदरबारको गेटसम्म हिड्दै आए र त्यहाँबाट ट्याक्सी चढेर सामाखुशीतर्फ लागे । सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढे । उनले मन्त्रीमा बहाल हुँदा आफूले चढ्ने गाडी बिहीबार विहानै फिर्ता गरिसकेका थिए । सिंह दरबार आउँदा पनि कारमा आएका उनी निकै भावकु देखिन्थे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved