कुलपूजाका लागि हिडेको जिप दूर्घटना, १४ जनाको घटनास्थल मै मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 11:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

कार्की परिवारको कुलपुजा भएकोले मृत्यु हुने सबै कार्की रहेको अनुमान गरिएको छ ।  गाडीको साहुले नै आफै गाडी चलाएको प्रहरीले जनाएको छ । 

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ । घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved