प्रदेश ५ को नाम लुम्बिनी सिफारिस, राजधानी कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 10:16:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेश सभाले गठन गरेको संसदिय बिशेष समितिले नाम लुम्बिनी राख्न सिफारिस गरेको हो । त्यस्तै समितिले राजधानीको लागि मध्यमार्गी बाटो अपनाउदै ६ स्थान सिफारिस गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भुमी तथा दांङको भालुवाङ, लमही लाई प्रस्ताव गरेको छ । विवाद नआओस भन्ने हिसावले मध्यमार्गी बाटो अपनाएको समितिले जनाएको छ ।

समितिले गरेको सिफारिस लाई प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ । 

प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेको थियो । पहिलो पटक ३ महिना कार्यादेश दिईएको उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेको थियो । समितिले पहिलो कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएको थियो ।

तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा समितिले सोमवार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा सोमवार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved