एमसीसीमा अमेरिकालाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : अर्थविद खनाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 04:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद् डा. डील्लीराज खनालले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन । मंगलबार काठमाण्डौंमा एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन ।    

खनालले नेपालले सम्झौता गरिसकेकोले अब यसलाई विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘अहिले संसदबाट अनुमोदन गर्ने कि नगर्ने भनेर बहस चलिरहेको छ । म त भन्छु एमसीसी ल्याउनुपर्छ । तर, कम्प्याक्टका केही प्रोभिजनहरुबारे स्पष्ट पार्नुपर्छ ।’

खनालले एमसीसी र आईपिएसबीच सोझो र अन्तरसम्बन्ध नरहेको जिकिर गरे । उनले भने,‘यी दुईलाई मिक्स गरेर बहस गर्नु वा द्धिविधा र भ्रम सिर्जना गर्नुहुँदैन् । हामीले पार्लियामेन्टबाट अनुमोदन गर्ने सहमति गरेका छौं । अमेरिकालाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्छ ।’ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved