माघ १ गते सार्वजनिक विदा दिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 05:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।

काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।

उनले भने,‘थारुको सबैभन्दा ठुलो चाड एवं नयाँ वर्ष पनि हो । माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गत बर्र्र्षबाट विदा कटौती गरेको छ । दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारु समुदाय माथि उपहास गरेको महसूस भएको छ । त्यसप्रति थारु समुदायको घोर आपत्ति छ ।’

महोत्सवको तयारी पुरा 

पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी ) महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान ८ बजे तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता,जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ । माघ १ गते झाँकी ¥यालीप्रर्दशन थारु संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी ¥यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुनेपनि आयोजकले जानकारी दिएको छ । 

महोत्सवमा २ सय वटा स्टल रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved