आइतबारसम्म नै पानी पर्ने, यस्तो छ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 09:21:07 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। जसका कारण नेपालको पश्चिमी ,मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको विभागले जनाएको छ । उक्त प्रणालीको कारण उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान : 

माघ ३ गते (शुक्रबार) 
दिउँसो 
देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ 

रातीः   देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

 

माघ ४ गते (शनिबार) 
दिउँसो 
देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

 

माघ ५ गते (आइतबार) 
दिउँसो 
देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

 

रातीः   देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।


आगामी २४ घण्टाका लागि विभागले जारि गरेको चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved