प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, केही दिन सीसीयूमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 01:54:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य  अवस्थामा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने भएको चिकित्सकले  बताए।

प्रत्यारोपणको नेतृत्व गरेका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्राय निदाउने गरेका छन्। तर बिउँझिएका बेला सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा.ज्ञवालीले बताए।

केही दिन सीसीयूमा

रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने जानकारी उनले दिए। उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ।

साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन्।अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनलाई झोल पदार्थ खुवाउन सकिने  उनले बताए।

शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved