कोटेश्वर-कलङ्की सडकमा नयाँ नियम लागु, नमान्नेलाई १५ सय जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 09:33:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा आइतबारदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी बाया सर्भिस लेन तथा निजी र साना सवारी साधन दाया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागू गरिएको हो ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित गर्न, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ती बसाउन उक्त नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले कोटेश्वरमा आज एक समारोहका बीच उक्त नियम लागू भएको घोषणा गरेका थिए ।

सो क्रममा कलाकार जितु नेपाल, केदार घिमिरेलगायत प्रहरी अधिकृत, यातायात व्यवसायीको उपस्थिति रहेको थियो भने ट्राफिक नियमसम्बन्धी सचेतनाको लागि सारङ्गी टोलीले साङ्गीतिक प्रस्तुती दिएको थियो । लेन प्रयोगका लागि पहिलो चरणमा प्रचारप्रसार गरिने र त्यसपछि नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार ५०० सम्म जरिवाना गर्ने जनाइएको छ । यसअघि भक्तपुरको जडिबुटीबाट सूर्यविनायकसम्म उक्त नियम लागू गरिएको थियो । अर्काे चरणमा कोटेश्वर– गौशाला र कलङ्की नागढुङ्गामा उक्त नियम लागू गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved