सरकारले भन्यो 'कुनै पनि खाद्यान्नको अभाव छैन, उपत्यकामा छिट्टै सुपथ मूल्य पसल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 04:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कुनै पनि खाद्यान्नको अभाव नरहेको बताएको छ । बिहिबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मलेनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यान्नको अभाव नरहेको बताएका हुन् 

उनले ६ महिनालाई पुग्ने खाद्यान्न रहेको र बाँकि आयातको क्रम मै रहेको, ८ महिनालाई पुग्ने औषधि रहेको, ३ महिनालाई पुग्ने चिनी रहेको, उद्योगमा पर्याप्त चिनी उत्पादनको क्रममा रहेको, १० महिनालाई पुग्ने नुन रहेको बताएका हुन् 

त्यस्तै उनले उपत्यकामा केहि दिन मै नेपाल खाद्य ब्यबस्था त्तहा ब्यापार कम्पनी र साल्ट ट्रेडिङले सुपथ मूल्य पसल खोल्ने बताए । त्यस्तै उनले नेपाललाई २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने तर अहिले ४५ हजार मेट्रिक टन आयात भईरहेकोले अभाव नहुने बताएका छन् । उनले पेट्रोलियम पदार्थ पनि अभाव नहुने विश्वास दिलाएका छन् । 

उनले बिजुलीबाट खान पकाउन आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved