छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 08:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र छक्का पञ्जा ३ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन भइरहेको छ । विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । उक्त दुवै च्यानलमा नेपाली सिनेमा प्रदर्शन हुने गर्छ । 

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने जनाइएको छ । डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर सिनेमाघर खुलाउन सकिने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved