शनिबार मात्रै काठमाडौँ एयरपोर्टमा ५ उडान, ७५ पर्यटकको उद्वार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 06:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण अलपत्र विदेशी पर्यटकको उद्वार गर्ने क्रम जारी छ । आज शनिबार मात्रै यती एयरलाइन्स र तारा एयरले ७५ जना पर्यटकको उद्वार गरी काठमाडौँ ल्याएका छन् । 

पोखराबाट २२ जना र सोलुखुम्बुको लुक्लाबाट ५३ जना ७५ जना पर्यटकहरुको आज उद्दार गरिएको हो । 

आज उदुवार गरिएकामध्ये अधिकांश जर्मन नागरिक छन् । पोखराबाट २२ र लुक्लाबाट ३९ जना गरी ६१ जना जर्मन नागरिकको उद्वार हुँदा लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिकको उद्वार भएको छ । यतीको ७२ सिटे एटीआर विमान पोखरा र ताराले १८ सिटे ट्वीनअर्टर विमान लुक्ला पठाइएको थियो । काठमाडौँबाट विहान ८ बजे, १० बजे, तेस्रो ११ र १२ बजे लुक्ला गएका विमानले पर्यटकको उद्वार गरेको हो । त्यस्तै यतीको १२ बजे पोखरा गएको विमानले पनि पर्यटक बोकेर ल्याएको हो । 

१५ जना अमेरिकन नागरिकलाई काठमाडौँ ल्याउन गएको ताराको विमान भने मौसमका कारण एयरपोर्ट बन्द हुँदा उतै रोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved