प्रधानमन्त्रीको नाममा प्रतिष्ठान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 09:34:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रतिष्ठान दर्ता भएको छ । उनी आफैँले प्रधानमन्त्री हुनुभन्दा पहिले नै प्रतिष्ठान दर्ता गराएका हुन् । प्रतिष्ठान पहिले नै दर्ता भएको भएपनि ओलीले आफ्ना निकटका नेताहरुलाई यसबारे बल्ल जानकारी दिएका छन् । 

बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि प्रतिष्ठानले भोगचलन गर्ने बताईएको छ । 

प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पति पत्नी राधिकाको नाममा छ । भक्तपुरको बालकोटमा डेढ रोपनी क्षेत्रफलमा बनेका ३ तल्ले दुई वटा घर र झापामा १० कट्ठा जमिन पनि प्रधानमन्त्री पत्नी राधिकाकै नाममा छ ।

प्रधानमन्त्री भएपछि ओलीले बुझाएको सम्पति विवरणमा श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंखमा ४ लाख, प्रभू बैंखमा ६ लाख र २५ लाख रुपैयाँको बचतपत्र रहेको र आफ्नो नाममा एभरेष्ट बैंकमा ४२ लाख रूपैयाँ रहेको जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved