यी स्थानमा मेघ गर्जन, चट्याङ हावाहुरी र वर्षा, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 01:46:37 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले बाग्मति प्रदेश र प्रदेश न. २ मा सतर्कर्ता अपनाउन आग्रह गरेको छ । विभागले यी स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा गराउने बादल विकशीत भएका कारण मेघ गर्जन/चट्याङ हावाहुरी लगायत वर्षा भैरहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

उक्त प्रणाली पूर्वतिर सर्दै गएकोले विभागले जनाएको छ। विभागले आज देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ।विभागका अनुसार आज मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग /असिना  र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै विभागले आज राति देशभर आंशिक देखि सामान्य  बदली  रहि  मध्य र पूर्वी भूभागका थोरै स्थानमा  र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग  सहित वर्षाको सम्भावना रहेको जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved