५५ लाख आर्थीक सहायता सहितको दराज विक्रेता सहयात्री कार्यक्रमको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 02:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन बजार दराजले ‘‘दराज विक्रेता सहयात्री कार्यक्रम’’ सुरू गरेको छ।  जस अन्तर्गत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो “डिजिटल प्ल्याट्फर्म्” मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको जनाएको छ। यस कार्यक्रम अन्तर्गत स्थानिय रुपमा कूल  ५५ लाख आर्थीक सहायता समावेश गरेको दराजले जानकारी दिएको छ । 

कार्यक्रम अन्तर्गत दराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे  र जून  महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ। यसकासाथै बिक्रेताहरुलाई आफ्नो अनलाईन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ईकमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निस्शुल्क दिइने जनाइएको छ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ। दराजले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ सबै देशहरूमा उक्त कार्यक्रम लागू गरेको छ जसका लागि करीब ५ लाख डलरको अनुदान उपलब्ध गराने जनाएको छ । 

यस्तै ३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी दिने, कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिदै नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग गर्ने उक्त कार्यक्रमको विशेषताहरु रहेको दराजले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved