संसद बैठक अघि कोरोना परिक्षण गर्न ४४१ जनाको नमुना संकलन, बाँकिको शुक्रबार गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 08:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुने भएपछि आज बिहिबार ४४१ जनाको स्वाब संकलन गरिएको छ । कोभिड–१९ भए÷नभएको यकिन गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हो ।

दुई सय १२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो । जसअन्तर्गगत प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ सांसदको स्वाब सङ्कलन गरिएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ः०० देखि १०ः०० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिने बताइएको छ । सङ्कलित स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved