प्रधानमन्त्रीले भने, ‘भारतले खनेको बाटो भाडामा दिन सकिन्छ, तर जमिन छोड्न सकिँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 09:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भूमी लिपुलेकमा बनाएको सडक भारतलाई नै भाडामा दिन सकिने तर जमिन नै छोड्न नसकिने बताएका छन् । बुधबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भारतले सडक प्रयोग गर्न नै चाहे भाडमा दिन सकिने बताएका हुन् । 

कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय कुटनीतिक माध्यमबाट टुंगो लगाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएको छलफलमा सहभागी नेमकिपाका सांसद प्रेम सुवालले जानकारी दिए । 

छलफलमा नेपाली कांग्रेसले तत्काल भारतसँग वार्ता गर्न सुझाव दिएको छ। समाजवादी जनता पार्टीले सबै भूमी समेटिएको नक्सा सार्वजनिक गर्न सुझाव दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved