भारतबाट आएका १२३ मध्ये २६ लाई कोरोना, अझै १० हजार जिल्ला भित्रिने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 12:48:37 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटमा आज एकै दिन २६ जनमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान कुल ७२ नयाँ संक्रमित देखिएको जनाएकोमा ति मध्ये २६ जना रौतहटका हुन् । 

आज संक्रमित देखिएकाहरु भारतबाट फर्केकाहरु हुन् । १२३ जनामा परिक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु इसानाथ नगरपालिका र राजपुर फरहदवा नगरपालिकाका हुन् 

रौतहटमा हालसम्म भारतबाट २५ सय भित्रिएका छन् भने अझै २३ सय बढीको कोरोना परिक्षण हुन् बाँकि छ । उनीहरुको परिक्षण कसरी र कुन विधिबाट गर्ने भन्ने छलफल भईरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । रौतहटमा मात्रै भारतबाट १० हजार बढी भित्रिने अनुमान गरिएको छ । 

ठुलो संख्यामा मानिस भित्रिने भएपछि त्यहाँका स्थानीय तहले क्वारेन्टाइनको संख्या थप गर्न लागेका छन् । हाल रौतहटमा ६ सय जना मात्र क्वारेन्टाइनमा छन् भने जिल्लामा आईसोलेसन बेड न्यून छ । हाल जिल्ला भर ४० मात्र आईसोलेसन बेड छन् भने जस मध्ये २९ वटा बेड भरिईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved