आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 09:09:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सिँधै अस्पतालमा भर्ना भएका थिए । मंगलबार साँझ भर्ना गरिएको उनको आज बिहानै मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved