बिजपाटी सम्बाददाता     May 29, 2020 | 04:35:59 PM


नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । आज शुक्रबार थप  १७० जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १२ सय नाघेको हो 

 यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो। आज संक्रमित हुनेमा झापाका ३० जना, रौतहटका ५६ जना, कपिलवस्तुका ३८ जना लगायत रहेका छन् । आज नै पाटन अस्पतालमा कार्यरत १ जनामा कोरोना पुष्टि भएको छ ।  

  मन्त्रालयका अनुसार हालसम्म २०६ जना डिस्चार्ज भएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका