सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट घर फर्केको २० दिनपछि मृत्यु, स्वाब परिक्षण हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 10:52:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट घर फर्केको २० दिनपछि एक पुरुषको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका स्थित मेलचौर क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका  १३ नं वडा का ६८ बर्षिय एक पुरुषको मृत्यु भएको हो । 

नगरपालिकाका मेयर अमानसिंह तामाङले शनिवार बेलुका उनको मृत्यु भएको बताए । मेयर तामाङका अनुसार मृतक पुरुष बाहिरी जिल्ला बाट सिन्धुपाल्चोक आएको भएर क्वारेन्टाइनमा राखिएको र १४ दिन क्वारेन्टाइनमा बसेर घर गएको २० दिन भईसकेको बताए ।  

मृतक पुरुषले असहज भएको बताएपछि अस्पताल लैजान खोज्दा खोज्दै मृत्यु भएको मेयर तामाङले बताए ।  मृतक दमको समेत रोगि भएकोले दम कै कारणले मृत्यु भएको हुन् सक्ने बताईएको छ ।  यद्यपि बाहिरि जिल्लाबाट आई क्वारेन्टाइनमा बसेकोले कोरोनाको आशंकामा उनको स्वाब परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएको मेयर तामाङले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved