बसमा सँगै घर फर्केका मध्ये १ जनामा कोरोना देखियो, अन्यलाई सम्पर्कमा आउँन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 04:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाबाट म्याग्दीको लागि गएको बसका एक यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस बसमा सवार अन्यको खोजिकार्य सुरु भएको छ  । गत जेठ ९ गते भैरहवाको नमुना मा.बिबाट क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको म्याग्दी यातायातको गाडी नम्बर ना.५.ख २८९८ मा सवार १ व्यक्तिमा कोरोना देखिएको हो ।

उक्त गाडीमा २३ जना यात्री सवार रहेको र ति मध्ये गोरखा जाने १ जना आबुंखैरेनीमा, लमजुङ जाने ३ जना यात्री तनहुँको डुम्रेमा र पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा २ जना यात्री ओर्लेकोले उनीहरुलाई सम्पर्कमा आउँन पोखरा स्वास्थ्य निर्देशानालयले आग्रह गरेको हो ।

निर्देशनालयले ति व्यक्तिलाई नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved