बिजपाटी सम्बाददाता     Jun 01, 2020 | 06:51:44 PM


नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । सोमबार बेलुका थप १३ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १८ सय ११ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबार बेलुका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना देखिएको जनाएको हो । संक्रमित हुनेमा पाल्पाका २ जना, नवलपरासीका १ जना, गुल्मीका १ जना, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जना छन् ।

मन्त्रालयका अनुसार हालसम्म २२१ जना डिस्चार्ज भएका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका