नेपाल–चीन पेट्रोलियम पाइपलाईनको सम्भाव्यता अध्ययन थालिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 07:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट नेपालमा पाइपलाईनमार्फत पेट्रोलिम पदार्थ आयत गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । नेपाल आयल निगमले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्याक्रममा चीनतर्फ पेट्रोलिम पाइपलाईन बिछ्याउन सम्भाव्यता अध्ययन गरिने विषय समावेश गरेको हो । 

निगमले सार्वजनिक गरेको वार्षिक कार्याक्रममा चालु आर्थिक वर्ष भित्र चीनबाट पाइपलाइन जडान गर्ने संभावनाको अध्ययन सुरु हुने उल्लेख छ । 

यस्तै, निगमले चीनबाट पेट्रोलियम पदार्थ खरिदका लागि प्रारम्भिक सम्झौताको तयारी भएको निगमले जनाएको छ । चालु आर्थिक वर्षमा नै चीनको केरुङ्गदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन हुने निगमको कार्यक्रममा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved