दर्ता बिना सञ्चालित दुई उद्योगलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 08:59:28 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिएको भेटिएपछि दुई उद्योगलाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा काठमाडौँमा सञ्चालित दुई उद्योगलाई कारवाही स्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगनका क्रममा महालक्ष्मी १ मा सञ्चालीत डंगोल सानेटरी निमार्ण सामाग्री कम्पनी र कामनपा ३२ मा सञ्चालीत शक्ति क्लोथिङ एण्ड गार्मेट उद्योगले जरिवाना स्वरुप ५०÷५० हजार जरिवाना गरिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उक्त पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय विभागले थप अनुगमन अधिकृतको व्यवस्था गरेर दैनिक ५ टोलीले उपत्यकाका विभिन्न स्थानमा बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अनौतिक कारोबार हुँने भन्दै विभागले बजार अनुगमलाई प्राथमिकतामा राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved