आज पनि मन्त्रिपरिषद्को बैठक, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 09:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजे बैठक बोलाएका हुन् 

आजको बैठकमा सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाकी रहेका एजेण्डाबारे छलफल हुने बताईएको छ 

स्रोतका अनुसार आजको बैठकले संविधान दिवसको अवसरमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ। सरकारले यस अघि नै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समिति गठन गरेको थियो । समितिको प्रस्तावलाई बैठकले अनुमोदन गर्ने छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।

त्यस्तै बैठकमा मुख्यसचिव नियुक्ति,संवैधानिक निकाय पदाधिकारी र राजदूत नियुक्ती, तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति बारे छलफल हुन सक्ने बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved