धानखेतमा स्मार्ट लाइसेन्स भेटिएको विषयमा अनुसन्धान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 10:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

धान खेतमा स्मार्ट सवारी चालक अनुमति पत्र भेटिएपछि यातायात व्यवस्था कार्यालयमाथि गम्भीर प्रश्न उब्जिएको छ। सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान लाइसेन्स धान खेतमा भेटिएपछि यसबारे अनुसन्धान भईरहेको कार्यलयले जनाएको छ। 

कार्यलयका प्रमुख विपिन कर्णले वितरण गर्न राखेको ५ सय थान लाइसेन्स धान खेतमा भेटिएको स्वीकार गर्दै यसबारे अनुसन्धान हुने बताए। कार्यालयको कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ उनले भने। 

जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान खेतमा सवारी चालक अनुमतिपत्र भेटिएपछि मजदुरहरूले लाइसेन्स बटुलेर बुधबार अपरान्ह कार्यालयमा बुझाइदिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved