नेपाल पर्यटन बोर्डको सीईओका लागि २० जनाको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज बिहिबारसम्ममा २० जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा बोर्डकै निवर्तमान सीईओ डा. धनन्जय रेग्मी, तथा पूर्व सीईओ दीपकराज जोशी पनि छन्। अन्य आवेदकमा राजाराम गिरी, श्रद्धा श्रेष्ठ, लक्ष्मण गौतम, ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, र विजय नेपाल रहेका छन् । त्यस्तै पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईंले पनि आवेदन दिएका छन्।
आवेदन दिंदा नेपाली नागरिक भएको, कम्तिमा मास्टर्स डिग्रीसम्मको अध्ययन सकेर पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको, कुनै पनि फौजदारी अभियोग नलागेको, कुनै पनि विदेश देशको स्थायी आवास अनुमति पत्र नभएको र अन्य कुनै कानुनले अयोग्य ठहर नगरेकाले आवेदन दिन सक्ने व्यवस्था थियो।
पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो ।