उपचारको लागि प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 04:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर हस्पिटल पुगेका छन्  । उनी दाँतको उपचारको लागि अस्पताल पुगेका हुन्  ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहानदेखि दात दुखी रहेपछि उनी दिउँसो ४ बजे उपचारको लागि वीर अस्पताल पुगेका हुन् ।डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

प्रधानमन्त्री आज सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’, नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेट लगायतका कार्यक्रममा सहभागी भएका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved