जसले ओलीको पानी जहाज चलाउने सपना पुरा गरी छाडे (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 30, 2019 | 11:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको नारायणी नदीमा क्रुजसिप सञ्चालनको अन्तिम तयारीमा छ । केही महिनाभित्रै क्रुजसिपमा बसेर करिब ३० किलोमिटर जलयात्रा गर्न सकिने भएको छ । क्रुजसिपको सफल परिक्षणसमेत भइसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजका सपना बाढेको धेरै भएको छ । झट्ट सुन्दा ३ वर्ष, ४ वर्ष भएजस्तो लागेपनि यो समय लामो होईन । सपनालाई लगाव र मेहनतले अन्तिम रुप दिँन सक्दोरहेछ भन्ने उदाहरण नेपाली युवाहरुले प्रमाणित गरिदिएका छन् । 

राइनो वाटर इन्टरनेन्मेन्टका निर्देशक दीपक ढुंगेल भन्छन् ‘विभिन्न देश घुम्दा क्रुजसिप चढेको अनुभवे थियो, नेपालमा प्रधानमन्त्रीले निरन्तर यसको विषयमा बोलेपछि म प्रभावित भएँ ।’ प्रधानमन्त्री ओलीले देखाउने विकासका सपनालाई पूरा गर्ने युवाहरुले नै हो भन्ने लागेर व्यवसायीको एउटा टिम बन्यो । सुरुमा ५ युवा व्यवसायीबाट सुरु भएको यात्रा अहिले १५ जना पुगिसके । 

नदीमा सम्भाव्यता अध्ययन पश्चात काम गर्ने अन्तिम निर्णयमा पुगेका उनीहरुले करिब ८ महिनाको अवधिमा नै परीक्षण सफल गरिसकेका छन् । नर्वेजियन प्रविधि र भारतको केरलाको टिमबीच सम्झौता गरेर २०७५ सालको चैतबाट निर्माण थालिएको थियो । 

हालसम्म ९० प्रतिशत काम सकिएको क्रुजसिपले नेपालको पर्यटनमा उल्लेख्य योगदान दिने उनको विश्वास छ । ‘नेपाल भ्रमण वर्ष २०२० पनि मनाउँदैछौँ, चितवन आफैँमा पर्यटकीय बजार पनि हो, क्रुजसिप सञ्चालनमा आएपछि पर्यटनमा नयाँ ब्राण्ड स्थापित हुनेमा हामी विश्वस्त छौँ’ ढुंगेलले भने ।

भिडियोः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved