विरोध भएर हटाईएका ‘बढेमान’का यती फेरी किन राखिए ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 23, 2020 | 11:33:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय क्षेत्रमा पाइने भनेर विश्वास गरिँदै आईएको हिममानव ‘यती’ ‘नेपाल भ्रमण वर्ष २०२०’को मस्कट हो । तर कुँदिएका यतीको मूर्तीमा प्रश्न उब्जिएपछि भ्रमण वर्ष सचिवालयले हटाएको थियो ।

अहिलेसम्म कतै नेदेखिएको तर हिमालय तिर पाइन्छ भन्ने गरिएको यतीको शरीर नै रङ्गीविरङ्गी बनाएर मूर्ती कुँदिएपछि सर्वत्र आलोचना भएको थियो । चौतर्फी आलोचना थेग्न नसकेपछि सचिवालयले हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध र स्वयम् भ्रमण वर्ष सचिवलय रहेको केशर महल अगाडी राखेको यतीको मस्कट हटाएको थियो । 

फेरि राखिए यतीका मूर्ती

तर अहिले फेरि पुरानै आकारमा ‘पहलमान’ जस्ता यतीका मूर्ती राख्न थालिएको छ । केशर महलको गेटैमा यतीको बडेमानको मूर्ती राखिएको छ । विदेशी पर्यटकको चहलपहल बढी हुने ठमेल क्षेत्रको प्रवेशद्वारमै प्राकृतिक स्वरुपको प्रतिकुल हुने यतीका जोर मूर्ती राखिएका छन् । 

भ्रमण वर्षको लागि प्रचारमा राखिएका यतीका मूर्तीहरुमा किंवदन्ती अनुसारको मिथक नमिलेको जानकारहरु बताएँछन् । प्राकृति स्वरुपमा यती अहिलेसम्म कतै नदेखिएको तर हिमालयमा भेटिएका पाइलाको आधारमा काल्पनिक आकार तय गरिएको हिममानव हो । 

हिमालमा बस्ने हिममानव हो भनेर विश्वास गरिएका यतीको अस्तित्वबारे आधिकारीक प्रमाण कतै छैन । 

के भन्छ सचिवालय ?

भ्रमण वर्ष सचिवालयले यतीको मूर्तीबारे आलोचना भएपछि केही समय अघि विज्ञप्ति नै जारी गरेको थियो । १ सय ८ वटा यतीका मूर्ती बनाउन सचिवालयले ग्यालरी एमक्युवसँग सम्झौता समेत गरिसकेको छ । 

‘नेपालमा राख्न मात्रै नभई प्रमुख पर्यटन बजारहरुमा पठाउन पनि यती बनाउने हाम्रो तयारी हो’ सचिवालयका एक अधिकारीले भने । 

सचिवालयले यती बनाउनकै लागि आफूले पैसा नछुट्याएको दाबी गरेको छ । ‘हामीले ४ वटा यती किनेका हौँ, २० लाख रुपैयाँ कलाकारको सम्मानका लागि दिएको हो’ सचिवालयले भनेको छ, ‘यो बाहेक हामीले कुनै पैसा दिएका छैनौँ ।’ 

बाँकी १६ वटा यतीको लागत खर्च निजी क्षेत्रले ब्यहोरोको सचिवालयको दाबी छ । यसअघि यतीका मस्कट बनाउन सचिवालयले १० करोड रुपैयाँ बजेट नै छुट्याएको भनिएको थियो । तर सचिवालयले यसको खण्डन गरेको छ ।

यसअघिः

यतीमा लगानी, बालुवामा पानी




आलोचनापछि भ्रमण वर्ष सचिवालयले हटायो यती

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved