पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने, स्वचालित प्रणालीमा जाने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:13:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने घोषणा गरेकी हुन्।

यस संगै सरकारले किनेको अर्थात् खरिद मूल्य अनुसार नै पेट्रोलियम पदार्थको बिक्रि मूल्य तोक्ने छ । हाल नेपाल आयल निगमले घाटा खाएर पेट्रोलियम पदार्थको बिक्रि गरिरहेको छ । स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने छ । 

नीति कार्यक्रममा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रवाही बनाइने उल्लेख छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved