सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बनाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाईने बताएकी हुन् ।
सँगै, उनले विद्युतीय सवारी साधन चलाउन प्रोत्साहन गरिने पनि बताएकी छिन् ।