बजेट मार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको कार्य क्षेत्र छुट्याउन सरकारलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:53:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको कार्य क्षेत्र छुट्याउन सरकारलाई निर्देशन दिएको छ । आगामी आर्थिक्व वर्षको बजेटको लागि सुझाव दिदै समितिले आगामी बजेट मार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षेत्र स्पष्ट पार्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो 

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लगभग एकै प्रकारको कार्य सेवा प्रदान गर्दै आएको परिप्रेक्षमा यी ३ बर्गका बैंक तथा वित्तीय संस्थाहरूले गर्ने काम र कार्यक्षेत्र विशिष्टिकृत गर्न अर्थ समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो 

अर्थ समितिले  बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने लगानीलाई अनिवार्य गरी सोको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको छ। त्यस्तै मुलुकको Credit Rating नभएको अवस्थामा परिवर्त्य विदेशी मुद्रामा ऋण उठाउन कठिनाई रहेको र हालको अवस्थामा यसले गर्दा व्याज समेत उच्च रहेकोले हाल प्रकृयामा रहेको Credit Rating लाई यथाशिघ्र सम्पन्न गर्न पनि समितिले निर्देशन दिएको छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved