अर्थमन्त्रीलाई योगेशको प्रश्न, ‘शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआउने भएर बजेट नबढाएको ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 01:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट नबढाएको हो ?’ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको सैद्धान्तिक छलफलका क्रममा एमालेका नेता भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट नबढाईनुको कारण सोधेका हुन् । 

“टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ, शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ” योगेशले भने, “अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पुर्‍याउनु भएन । अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु, शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर तपाईले पनि बजेट नबढाउनुभएको हो ?”

उनले स्वास्थ्यमा बजेटको आकार घटेको र शिक्षामा पनि पर्याप्त बजेट नआएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved