पूर्व अर्थमन्त्री जनार्दन शर्माको दाबी, ‘नेपालको विकास मोडल नै असफल भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 10:36:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास मोडल असफल सावित भएको दाबी गरेका छन् । प्रशासनिक जटिलताका कारण काम गर्न मुस्किल रहेको दाबी गर्दै उनले विकास मोडालिटी नै सफल नदेखिएकाले सुधार गर्नुपर्ने बताएका हुन् । 

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री शर्माले निर्धारित समयमा तोकिएकै लागतमा कार्यसम्पादन हुने र प्रतिफल प्राप्त हुने गरी कार्यसम्पादन क्षमता अभिवृद्धि, काम कर्तव्यप्रति इमान्दारीता कायम गर्नु आजको आवश्यकता भएको बताए ।

उनले प्रशासनिक पुनर्संरचना आयोगका साथसाथै संरचनागत विकासका लागि नीतिगत व्यवस्था गर्न जरूरी रहेको उनको भनाइ छ । 

‘विकास निर्माणलाई गति प्रदान गर्न शिक्षा क्षेत्रमार्फत आवश्यक जनशक्ति तयार पार्ने र आजको विकसित प्रविधिको परिचालन र कमाण्ड गर्न सक्ने, राजनैतिक इच्छा शक्ति र व्यवस्थापकीय कार्यकुशलता सहितको नयाँ अवधारणा र संरचनागत विकासका लागि नीतिगत व्यवस्था गर्न जरूरी भइसकेको छ’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved