‘राष्ट्रिय योजना आयोगको काम छैन, खारेज गरिदिए हुन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 02:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुने बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै यादवले योजना आयोग खारेज गर्न हुने बताएका हुन् । 

नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको विषयमा आफ्ना भनाई राख्दै यादवले आयोगको कुनै उपयोगिता नरहेको दाबी गरेका हुन्

‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन, यसलाइ खारेज गरिदिए हुन्छ’ उनले भने, ‘यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरे हुन्छ, काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved