
बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट तयारीका क्रममा रहेकाले मन्त्रालयगत सूचना प्रणाली बन्द गरिएको हो ।
अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णयबाट बिहीबार (आज जेठ ११ गते) देखि जेठ १ गते सम्मका लागि एलएमबीआईएस प्रणाली बन्द गरिएको हो ।
एलएमबीआईएस सिस्टम भनेको सबै मन्त्रालयका कार्यक्रमहरु समावेश हुने प्रणाली हो । सोही प्रणालीमा समावेश कार्यक्रमहरु बजेट निर्माणका क्रममा हेरेर बजेट विनियोजन गर्ने गरिन्छ ।