आज रातीदेखि देशभरका भन्सार कार्यालयहरु बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 07:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार रातीदेखि देशभरका भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । जेठ १५ गते सोमबार (भोली) बजेट सार्वजनिक हुने र बजेटमार्फत नयाँ करका दरहरु आउने भएकाले आज रातीबाट भन्सार नाकाहरु बन्द गरिने भएको हो । 

‘राजस्वका कामहरु बन्द हुने हो, राजस्व सम्बन्धि धेरैजसो कामहरु भन्सारबाट हुने हुँदा आजबाट भोली बजेट नआउन्जेल सम्मका लागि भन्सार नाकाहरु बन्द गर्न लागिएको हो’ अर्थ स्रोतले भन्यो ।

आज राती अर्थमन्त्री डा. प्रकाशशरण महतले भोली बजेटमार्फत सार्वजनिक हुने करका दरहरु कायम गर्दैछन् । 

‘यो नियमित प्रक्रिया नै हो’ अर्थ स्रोतले भनेको छ, ‘बजेट पेश नगरुन्जेल भन्सार कार्यालयहरु बन्द हुन्छन् ।’

भोली सोमबार बेलुकाबाट बजेट गर्ने भन्सार तथा राजस्वका परिवर्तित दर अनुसार नै भन्सार जाँचपास सूचारु हुनेछ । बजेटबाट परिवर्तित राजश्वका दरहरु अर्थ मन्त्रालयले प्रणालीमा सेट गरिदिने भएकाले बजेट वक्तव्य लगत्तै भन्सार सूचारु हुनेछ ।

आज रातीबाटै आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरु पनि बन्द हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved