तपाईको प्रदेश र पालिकालाई अर्थमन्त्री महतले कति दिए बजेट ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 03:00:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगमी आर्थिक वर्ष राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा रु. १ खर्ब ७३ अर्ब रकम हस्तान्तरण गर्ने भएको छ।  आर्थिक वर्ष ८०/८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु. १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाईएको छ । त्यस्तै सशर्त अनुदान तर्फ प्रदेशलाई रु. ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु. १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु. २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको उनले बताए ।

उनका अनुसार समपूरक अनुदान तर्फ प्रदेशलाई रु. ६ अर्ब २२ करोड र स्थानीय तहलाई रु. ७ अर्ब ५ करोड गरी जम्मा रु. १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु. ४ अर्ब ४६ करोड र रु. ८ अर्ब ७३ करोड विनियोजन गरिएको छ।

हेर्नुस् कुन प्रदेश र स्थानीय तहलाई कति बजेट ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved