जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबिच बैंकासुरेन्स सम्झौता भएको छ । ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने उदेश्यले इन्स्युरेन्स कम्पनीसँग संझौता गरिएको बैंकले जनाएको छ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र इन्स्यूरेन्सका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।
सम्झौता पश्चात ग्राहकले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी सुविधा प्राप्त गर्नेछन् ।
जनता बैंकले हाल ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएम मार्फत सेवा दिँदै आएको छ ।