
 2mb (1).gif)
विकासशील राष्ट्रका बीमा तथा पुर्नबीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) को अध्यक्षमा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह चयन भएका छन।
नेपालमा आयोजित २१ औं बार्षिक साधारणसभाले शाहलाई अध्यक्षमा चयन गरेको हो। सभाले शाह सहित ९ जनालाई कार्यसमितिलाई निर्विरोध चयन गरेको छ। शाह दुई बर्षका लागि संगठनको अध्यक्ष रहनेछन।
नयाँ कार्य समितिको उपाध्यक्षमा घानाकी एलिजवेथ बान्स डोग्वे चयन भएकी छिन । महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टो र सदस्यहरुमा फिलिपिन्सका इस्थर सि टान, श्रीलंकका डा.जागथ आलविस, बहराईनका यासिर अल्वाहर्र्न, तान्जेनियका विल्सन नाथानिएल डेसान्जो चयन भएका छन् । साथै समितिमा जिम्बाबे र थाईल्याण्डका प्रतिनिधि पनि चयन भएका छन् ।
असोज ९ र १० गते काठमाडौंमा हुने यस सम्मेलनले एआईआरडिसीको सन २०२० मा हुने २२ औ सम्मेलन केन्यामा आयोजना गर्ने निर्णय समेत गरेको छ। नेपालमा भएको सम्मेलनमा ८८ मुलुकका प्रतिनिधि सहित १८ मुलुकका बीमा तथा पुर्नबीमा कम्पनीका ४ सय बढीको सहभागिता थियो।एआईआरडीसीले प्रत्येक २ बर्षमा गर्ने यो सम्मेलन दोस्रो पटक नेपालमा भएको हो। यस अघि सन २००० मा नेपालमा यो सम्मेलन भएको थियो।
बैंकलाई साइबर आक्रमणबाट हुने नोक्सानीबाट बचाउन 'साइबर बीमा' (अन्तर्वार्ता)