मिनी संसदमा अर्थमन्त्रीलाई सांसदको प्रश्न 'विधयेकमा मनपरी लेख्न मिल्छ ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 06:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा सम्बन्धि कानूनलाई एकिकरण र संसोधन गर्न बनेको विधेयकमा आज अर्थ समितिमा पुन: छलफल भएको छ । उक्त छलफलमा सांसद प्रेम सुवालले प्रस्तावित बीमा विधेयकमा भएको प्रस्तावना नै त्रुटि रहेको भन्दै त्यसलाई खारेज गर्नु पर्ने माग राखे । प्रस्तावित बीमा विधेयकको प्रस्तावनामा समाजवाद उन्मुख अर्थव्यवस्था अनुसार बीमा सम्बन्धि सम्पूर्ण काम राज्यले गर्ने भनेर राख्नु पर्ने उनको भनाई थियो । 

बैठकमा उनले भने 'बीमा व्यवसाय होईन् । व्यवसाय गर्नलाई उत्पादन हुनु पर्छ  । बीमाले के उत्पादन गर्छ ? बीमामार्फत के वस्तु उत्पादन हुन्छ ? व्यवसायमा  सामानको करोबार हुनु पर्छ । तपाईहरुले मनपरि परिभाषा गर्न मिल्छ ? व्यवसायमा सामानको खरिद बिक्रि हुन्छ ? बीमामा के खरिद बिक्रि  हुन्छ ? त्यसैले बीमालाई व्यवसायका रुपमा हेर्नु हुदैन । ' 

यहि विषयमा अर्थमन्त्री, सांसद सुवाल र अर्थसमिति सभापति कृष्णप्रसाद दाहालबीच केही समय सवाल जवाफ चल्यो । सुवालले एकोहोरो रुपमा 'बीमा व्यवसाय होईन सेवा हो,  सबै चिज व्यवसाय हुँदैन् ' भनिरहे । तर अर्थमन्त्रीले सुवालको यो कुरालाई खण्डन गर्दै 'बीमा व्यवसाय नै हो । बीमा सेवा व्यवसाय हो' भनिरहे । 

अर्थमन्त्रीको कुरालाई खण्डन गर्दै सुवालले यस विषयमा अर्थशास्त्रीहरुलाई बोलाएर छलफल गर्न प्रस्ताव राखे । सुवालले बीमालाई व्यबसाय भनी परिभाषा गर्नेलाई पीएचडिको अवार्ड दिनु पर्यो भन्दै कसले गरेको हो , कहाँ छन् भनी व्यंग्य समेत गरे । 

 जवाफमा मन्त्री खतिवडाले भने 'बीमा व्यवसाय हो, सेवा व्यवसाय नै हो । यसमा जति अर्थशास्त्री बोलाए पनि कुरा यहि हो । सरकारले यहि प्रस्तावना पारित गर्छ ।  यो प्रस्तावना फेर्नु पर्छ भन्नेमा सरकार सहमत छैन् । यो अवार्ड त माननीय ज्ज्यूलाई पनि आवश्यक होला ।’ उनले यस विषय धेरै बहस नगर्न समेत सांसद सुवाललाई आग्रह गरे । 

अर्थसमिति सभापति कृष्णप्रसाद दाहालले पनि मन्त्री खतिवडाले झैँ विमा व्यवसाय भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved